कास्कीका राजेन्द्र गुरुडले चौथो राष्ट्रिय कायक प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका छन् ।
चौथों पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल र्याफ्टीङ एन्ड क्यानोईङ संघको आयोजनामा कास्कीको हृयाम्जास्थित सेती नदीमा भएको प्रतियोगिताको फाइनलमा गुरुडले १८ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितेका हुन् । उनले १० हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा सोमबहादुर मगरले रजत र जीवन गुरुडले कास्य पदक पाए । रजत र काश्य जित्नेहरुले क्रमशः ७ र ५ हजार प्राप्त गरे । खुला रुपमा आयोजना गरिएको प्रतियोगितामा एक मात्र महिला गोमा सुनुवारले प्रतिस्पर्धा गरेकी थिइन् । दुई दिन प्रतियोगितामा १ सय ३५ खेलाडीको सहभागिता थियो ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खैलकुद परिषद्का सदस्य फत्तबहादुर गुरुड, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुड, पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा लगायतले पुरस्कार, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।