Showing posts with label Health Care. Show all posts
Showing posts with label Health Care. Show all posts

डन्डीफोर हटाउने ७ सामान्य घरेलु उपाय

home-remedies-for-pimples-steam-150x150Lemon-150x150
chandan-150x150
tomato-150x150
cloves-620x250
670px-Treat-Acne-With-Banana-Peels-Step-2-Version-2
सुन्दर देखिन को नचाहला र । तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।
मह
Effective-Natural-Remedies-For-Acne-Scars
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।


ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।
केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।


चन्दन पाउडर
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिने
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।


गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।

आउँदैछ चमत्कारी औषधि, जसले भगाइदिनेछ बुढ्यौली र चाउरीपना

सधै जवान भैरहने चाहना कसको पो हुँदैन र ? तर समयक्रमसँगै मानिस बालकबाट तन्नेरी र बुढो हुँदैजान्छ । तर कतिपय मानिस भने वंशाणुगत तथा अन्य विभिन्न खाले अस्वस्थताका कारण उमेर छँदै चाउरीन्छन् र बुढो देखिन्छन् । मानिसहरुले जवान देखिनका लागि विभिन्न खाले औषधि तथा उपचार पद्धति अपनाएका हुन्छन् । तर यस्ता उपचारले पनि उमेर छिप्पिएर हुने बुढ्यौलीलाई रोक्न भने सक्दैनन् । तर अब वैज्ञानिकहरुले यस्तो औषधि तयार पार्दैछन् जसले बुढ्यौलीको दरलाई कम गरिदिनेछ ।
वैज्ञानिकहरुका अनुसार यो औषधिले छिटो बुढो हुनबाट रोक्नेछ र मानिस १ सय वर्षको उमेरपछि पनि स्वस्थ भएर बाँच्न सक्नेछ ।
शोधकर्ताहरुले मधुमेहमा प्रयोग गरिने मेटफर्मिन वर्गको औषधिमा एन्टी एजिंग अर्थात् बुढ्यौली प्रतिरोधी गुण रहेको पत्ता लगाएका छन् । यो औषधिको प्रयोगले अन्य जनावरमा बुढ्यौलीको दर कम गरेको र आयुमा वृद्धि भएको परीक्षणबाट देखिएको भन्दै शोधकर्ताहरुले यहीँ वर्ष मानिसमा पनि परीक्षण गरिने जनाए ।
यदि यो प्रयोग सफल भएमा मानिस ७० वर्षको उमेरमा पनि अधवैँशे जस्तै हुन सक्नेछ । डाक्टरहरुलाई पनि क्यान्सर, मधुमेह जस्ता रोगको अलग अलग उपचार गर्नुपर्नेछैन ।

[दाँतको सौन्दर्यता जोगाउने यी ४ उपाय ]

काठमाडौं । दाँतले मानिसलाई सुन्दर र आकर्षित बनाउने काम गर्छ । दाँत राम्रा तथा मिलेको खण्डमा बोल्न तथा खाना चपाउन पनि सहज रुपमा सकिन्छ । तर, दाँत बाँङ्गाटिङ्गा भएको खण्डमा मानिसको सौन्दर्यता मात्रै हराउँदैन बोल्दा शुद्ध उच्चारण पनि गर्न सकिन्न । साथै दाँतका कारण मुखमा ठूलो समस्या पनि आइलाग्न सक्छ । यस कारण बेलैमा यसको उपचार तथा सावभधानी अपनाउनु आवश्यक पर्छ ।
दाँतमा फिक्सड बेसिज तथा स्पेशल तार लगाएर सीधा बनाउन सकिन्छ । टेडोमेडो दाँतको उपचार जति चाँडो गर्यो त्यत्ति चाँडै प्रभावकारी हुने दन्त चिकित्सकहरु बताउँछन् । बाङ्गाटिङ्गा दाँतबाट बच्न केही उपायहरु अपनाउन सकिन्छ ।
१. तपाईं आफ्नो बच्चाको हरेक ६ महिनापछि दन्त चिकित्सक कहाँ लैजानुहोस् ताकी बच्चाले औंला चुस्ने, ओठ तथा जिब्रो टोक्ने लगायतका कार्य रोक्न मद्दत गरोस् । अन्यथा यस्ता बानीले दाँतलाई बाङ्गोटिङ्गो बनाउन सहयोग गर्छ ।
२. यही कुनै बच्चाले मुखबाट स्वास लिने बानी छ भने पनि यसलाई हटाउनु आवश्यक छ । यस बानीका कारण माथिल्लो भागको अगाडीको दाँत बाहिर तर्फ आउन सम्भावना हुन्छ ।
३. यदी दूधे दाँत नझर्दै अर्काे दाँत आएको खण्डमा तत्कालै दन्त चिकित्सकलाई देखाउनु अतिआवश्यक छ । चिकित्सकले दूधे दाँत झिकिदिँदा नयाँ दाँतलाई उपयुक्त स्थान प्राप्त हुन्छ ।
४. बाङ्गोटिङ्गो दाँतको उपचार पश्चात पनि चिकित्सकलाई बेला–बेलामा देखाउने गर्नुपर्छ । नत्र उपचार पछि पनि दाँत फेरि बाङ्गोटिङ्गो हुने सम्भावना रहिरहन्छ ।