काठमाडौं । दाँतले मानिसलाई सुन्दर र आकर्षित बनाउने काम गर्छ । दाँत राम्रा तथा मिलेको खण्डमा बोल्न तथा खाना चपाउन पनि सहज रुपमा सकिन्छ । तर, दाँत बाँङ्गाटिङ्गा भएको खण्डमा मानिसको सौन्दर्यता मात्रै हराउँदैन बोल्दा शुद्ध उच्चारण पनि गर्न सकिन्न । साथै दाँतका कारण मुखमा ठूलो समस्या पनि आइलाग्न सक्छ । यस कारण बेलैमा यसको उपचार तथा सावभधानी अपनाउनु आवश्यक पर्छ ।
दाँतमा फिक्सड बेसिज तथा स्पेशल तार लगाएर सीधा बनाउन सकिन्छ । टेडोमेडो दाँतको उपचार जति चाँडो गर्यो त्यत्ति चाँडै प्रभावकारी हुने दन्त चिकित्सकहरु बताउँछन् । बाङ्गाटिङ्गा दाँतबाट बच्न केही उपायहरु अपनाउन सकिन्छ ।
१. तपाईं आफ्नो बच्चाको हरेक ६ महिनापछि दन्त चिकित्सक कहाँ लैजानुहोस् ताकी बच्चाले औंला चुस्ने, ओठ तथा जिब्रो टोक्ने लगायतका कार्य रोक्न मद्दत गरोस् । अन्यथा यस्ता बानीले दाँतलाई बाङ्गोटिङ्गो बनाउन सहयोग गर्छ ।
२. यही कुनै बच्चाले मुखबाट स्वास लिने बानी छ भने पनि यसलाई हटाउनु आवश्यक छ । यस बानीका कारण माथिल्लो भागको अगाडीको दाँत बाहिर तर्फ आउन सम्भावना हुन्छ ।
३. यदी दूधे दाँत नझर्दै अर्काे दाँत आएको खण्डमा तत्कालै दन्त चिकित्सकलाई देखाउनु अतिआवश्यक छ । चिकित्सकले दूधे दाँत झिकिदिँदा नयाँ दाँतलाई उपयुक्त स्थान प्राप्त हुन्छ ।
४. बाङ्गोटिङ्गो दाँतको उपचार पश्चात पनि चिकित्सकलाई बेला–बेलामा देखाउने गर्नुपर्छ । नत्र उपचार पछि पनि दाँत फेरि बाङ्गोटिङ्गो हुने सम्भावना रहिरहन्छ ।