१२ वर्षीया श्रेयाको दैनिक कानबाट निक्लिन्छ १५ वटा कमिला

१४ माघ । भारतमा एक बालिकाको कानबाट दैनिकजसो १५ वटा कमिला निक्लिने गरेको खबर भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
भारत गुजरातकी १२ वर्षीया श्रेया दोरजीको कानबाट दैनिकजसो कानबाट १५ वटा कमिला निक्लिने गरेको अनलाइन पत्रिका अमर उजालाले उल्लेख गरेको छ ।
सो अनलाइनका अनुसार गएको अगष्टमा ती बालिकाको कानमा निकै पीडा भएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको र सोही बखत १० वटा कमिला निकालिएको थियो । तर, रोकिनुको साटो अहिले पनि दैनिकजसो १५ वटा कमिला निक्लिने गरेको सो अनलाइनले समाचार छापेको छ ।