(वैज्ञानिकलाई चुनौती दिँदै जाडोमा फल्यो लटरम्म आँप)

१४ माघ । गर्मीको मौसममा फल्ने आँप जाडोमा फल्न थालेपछि वैज्ञानिकहरुलाई चुनौती सहित अध्ययनको विषय बनेको छ । विश्वभर बढ्दै गएको प्रदूषणले जलवायु परिवर्तनका कारण पनि मौसम विपरीत बाली तथा फलफूल फल्न थालेको बताइन्छ ।
भारतको कानपुरको देहात क्षेत्रको एक शिक्षण संस्थाको बगैंचामा लगाइएको आँप यस वर्ष जाडोमै फल्न थालेपछि वैज्ञानिकहरु कारणबारे खोज्न अध्ययनमा लागेका छन् । अचम्त के भने बगैंचाका सबै आँपका बोटहरुमा लटम्म फल लागेका छन् । जलवायु परिवर्तनको असर वनस्पतिमा परेको भन्दै वैज्ञानिकहरुले विस्तृत अध्ययन थालेको बताइएको छ ।