झापाको धाइजनमा मुलुककै सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । आगामी बैशाख पहिलो सातादेखि ‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता-२०७३’ हुने भएको हो ।
मंगलबार झापाको धाइजनमोडमा गरिएको पत्रकार सम्मेलनमा नेपाल भलिवल संघ र बिहानी बचत तथा ऋण सहकारी संस्था दुवागढीले संयुक्त रुपमा प्रतियोगिता आयोजनामा जानकारी दिइयो ।
प्रतियोगितमा उपाधि बिजेतालाई ३ लाख १५ हजार, उपबिजेतालाई १ लाख ७५ हजार र तेश्रो हुनेलाई १ लाख १० हजार नगद पुरस्कार दिइनेछ ।
प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, जावलाखेल टे्रनिङ्ग सेन्टर, ढोरपाटन भलिबल क्लब साथै नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित ८ वटा भलिवल टीमले सहभागिता जनाउने आयोजक समितीका अध्यक्ष बालकृष्ण रिजालले जानकारी दिए । चार दिन सम्म सञ्चालन हुने लिगमा १५ वटा प्रतिस्पर्धा हुनेछ ।