मानव बसोबास भएको दुनियाको यस्तो ठाउँ सायद छैन होला जहाँ मुसा नपाइयोस् । त्यसैले त्यस्ता सानातिना मुसाको कुनै गणना हुने कुरै भएन ।
तर जब मान्छे जत्रै आकारको मुसा भेटिन्छ त्यो अवश्य समाचार बन्छ । हो, बेलायतमा हालै यत्रै भिमकाय मुसा भेटिएको छ ।
पूर्वी लण्डनमा ग्यास स्टेसनका कामदार जेम्स गि्रनले हालै ४ फिट लामो मुसा फेला पारेका छन् । मुसा मार्नका लागि राखिएको विष खाएर मरेको अवस्थामा उक्त भिमकाय मुसा फेला परेको हो ।
पूर्वी लण्डनमा ग्यास स्टेसनका कामदार जेम्स गि्रनले हालै ४ फिट लामो मुसा फेला पारेका छन् । मुसा मार्नका लागि राखिएको विष खाएर मरेको अवस्थामा उक्त भिमकाय मुसा फेला परेको हो ।
मुसा चाहे जतिसुकै ठूलो नै किन नहोस् त्यसको कुनै काम छैन, त्यसैले उक्त मुसाको लास भेटेपछि त्यसलाई थान्को लगाउनै पर्यो । तर बडेमाको जिउ भएको उक्त मुसासँग एकपटक फोटो खिच्ने मन जाग्यो जेम्सलाई । उनले आफ्ना साथी टोनी स्मिथलाई उक्त मुसासँगको आफ्नो फोटो खिचिदिन भने । यति ठूलो मुसा भेटिनु कुनै चानचुने कुरा थिएन र आफुहरुले यत्रो मुसा फेला पारेको प्रमाण पनि उनीहरुले राख्नु थियो र सोही बमोजिम गरे ।
मुसा विज्ञहरुका अनुसार उक्त मुसा ग्याम्बियन पाउच्ड प्रजातिको मुसा हो । यो प्रजातिको मुसा मानिसले घरमा पाल्ने गर्दछन् । यो मुसाको लम्बाइ ४ फिट सम्म हुने बताइन्छ र यो निकै बुद्धिमान मुसा हो । तर यो मुसाको दृष्टि क्षमता भने कमजोर हुन्छ । यसको सुँघ्ने क्षमता भने बढि हुन्छ ।