कुकुरले उडायो हवाइजहाज


मानिसको सबैभन्दा विश्वासिलो तथा इमान्दार जनावर साथी मानिन्छ कुकुर । विभिन्न अध्ययन अनुसार मानिसको घरभित्र सबैभन्दा पहिले स्थान सुरक्षित गर्ने जनावर कुकुर नै हो ।
मानिसले आफ्नो तथा घरको सुरक्षा तथा साथका लागि कुकुरको सहारा परम्परा देखि नै लिन थालेको हो ।
कुकुरको प्रयोग पछिल्लो समयमा बहुआयामिक बनिरहेको छ र अनुसन्धान तथा अपराध नियन्त्रणमा समेत कुकुरका फौज नै परिचालन गर्ने गरिएको छ । तर यो भन्दा अझै एक कदम अघि बढ्दै बेलायतमा एउटा कुकुरले सम्पूर्ण मानव जातिलाई नै आश्चर्यमा पारिदिने काम गरेको छ ।
अढाइ वर्षको शेडो नामको उक्त कुकुर विश्वमा हवाइ जहाज उडाउने पहिलो कुकुर बनेर किर्तिमान कायम गरेको छ । यो कुकुरले ३ हजार फिट माथि आकाशमा जेट बिमान उडाएको छ ।
यो कुकुरले स्वात्तै एकौचोटी जहाज उडाएको होइन । यसले बकाइदा पाइलट तालिम प्राप्त गरेको छ । बेलायतमा स्काइ वान सिरिजको डग्स माइट फ्लाइट नामक कुकुर पाइलट तालिम पाउने कुकुर मध्ये यो एउटा हो ।
कुकुरले उडाउने यो विमानमा कुकुर पाइलटले नियन्त्रण स्थापित गर्न सकोस् भनेर यसको नियन्त्रण प्रणाली मोडिफाइड गरिएको थियो । विमानबाट निस्कने अलग अलग आवाजमा प्रतिक्रिया दिनका लागि कुकुरले बटन दबाउन सक्थ्यो र सोही अनुरुप विमान नियन्त्रण भएर उचाइमा उड्दथ्यो ।
पशु विज्ञका अनुसार कुकुरमा पनि असाधारण क्षमता हुन्छ र मानिसले जस्तै जटिल काम गर्नसक्छ भन्ने देखाउने शेडोलाई जहाज उडाउन दिइएको हो