जनावरको अधिकार माग्दै युवतीहरुको अर्धनग्न प्रदर्शन (फोटो फिचर)

स्पेनको चर्चित साँढे जुधाइ खेलको विरोधमा युवा युवतीहरुले अर्धनग्न प्रदर्शनमा भाग लिए । साँढे जुधाइजस्तो खूनी खेलका कारण जनावरलाई कस्तो असर पर्दछ भन्ने देखाउनका लागि उनीहरुले आफ्नो मुख तथा जिउका अन्य भागमा रगत जस्तै रातो रंग पोतेका थिए । यसअघि पूर्वी स्पेनको भ्यालेन्सियामा साँढे जुधाइको विरोधमा १० हजारले प्रदर्शन गरेका थिए ।