बार्सिलोना । नेपाली समाज डेनमार्कको आयोजनामा युरोप स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
डेनमार्क, बेल्जियम, जर्मनी, नेदरल्याण्ड, स्पेन लगायत विभिन्न यूरोपेली मुलुकहरुमा रहेका प्रतिभावान नेपाली खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुने भएको हो ।
आगामी जुन १७ देखि २१ तारिख सम्म डेनमार्कमा हुने प्रतियोगिताको बिजेतालाई नगद १ लाख ५० हजार र उपविजेतालाई १ लाख रुपैयाँ प्रदान गरिनेप्रतियोगिताका संयोजक ईन्ऽ सापकोटाले जानकारी दिए । टिम दर्ताको लागि करिब ३० हजार रुपैयाँ लाग्ने तर खाना र बस्ने व्यवस्था समाजले नै गर्ने आयोजकले जनाएको छ ।
साथमा समाजले कलाकारहरु भरत सिटौला, कमल खत्री, मञ्जु पौडेलको साथमा साँस्कृतिक साँझको समेत आयोजना गरेको जनाएको छ । कार्यक्रमलाई लाईका मोवाईल कम्पनीले सहयोग गर्नेछ ।
यस अघि पनि समाजले, गायक सुगम पोखरेल, राजेश पायल राई, भरत सिटौला, रेश्मा सुनुवार लगायतका चर्चित कलाकारहरु बोलाएर छुट्टाछुट्टै साँस्कृतिक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।