अफ्रिदीमाथि लाग्यो देशद्रोहीको आरोप

२ चैत, काठमाडौं । भारतमा धेरै माया पाएको अभिव्यक्तिपछि चर्को आलोचना खेपिरहेका पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीमाथि देशद्रोहीको आरोप लागेको छ ।
पाकिस्तानका एक वरिष्ठ वकिलले अफ्रिदीलाई नोटिस पठाएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार अफ्रिदीमाथि पाकिस्तानी भावनामा चोट पुर्‍याएको र देशद्रोहीको आरोप लगाइएको छ ।
टी-२० विश्वकपका लागि भारत पुगेको पाकिस्तानी टीमका कप्तान अफ्रिदीले आइतबार पत्रकार सम्मेलनमा पाकिस्तानमा भन्दा भारतमा धेरै माया पाएको बताएका थिए ।
वरिष्ठ वकिल अजहर सादिकले भनेका छन्, मैले अफ्रिदी र पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष नजम सेठीलाई कानूनी नोटिस पठाएको छु । र, भारतमा दिएको बयानको जाँच होस् ।’