(जहाँ बिहे अघि बेहुला बेहुलीको एचआईभी जाँचिन्छ, एड्स नलागेको भए बल्ल बिहे हुन्छ )

अचम्मका समाचारको खानी नै भएको देश हो भारत । जहाँ दिनहुँ रोचक र अचम्मका खबरहरु जन्मिने गर्छन् । जसको पछिल्लो उदाहरण हो भिवानी जिल्ला । जहाँ बिहे गर्नु अघि बेहुला बेहुलीको एचआईभी जाँचिन्छ, एड्स नलागेको भए बल्ल बिहे गर्ने परम्परा छ । उक्त जिल्लाको चंदनी गाउँको पंचायतले सदिऔँदेखि चलाउँदै आएको यो चलन अहिले सम्म पनि जारी छ ।
चन्देनी गाउँका पंचायत समाजिक कार्यकर्ता, अभिनेता एवंम मोडल संजय रामफलका अनुसार बिहेको छिनोफानो भएसँगै बेहुला बेहुलीले एचआइभी परिक्षण गरेको रिर्पोट पेश गरेसँगै बिहेका लागी पंचायतले निर्णय गर्छ । समाजमा बढ्दै गएको विकृति र युवाहरुले नकारात्मक भावनाको विकाश नै नगरुन् भन्नका लागी यस्तो चलन बसालीएको पंचायत प्रतिनिधि हवा सिंह व रामकुमारले बताए । उनले भने हाम्रो एक मात्र अभियान जिल्लालाई नै एड्समुक्त बनाउनु हो ।