सहवास गर्नु अघि प्रहरीलाई जानकारी गराउनुपर्ने यो कस्तो आदेश ?????

बेलायतको एक अदालतले सेक्स गर्नु गर्नु भन्दा २४ घण्टा पहिले प्रहरीलाई जनाकारी गराउन आदेश दिएको छ । बलात्कारको आरोपमा पक्राउ परेर तारेखमा रिहा भएका ४० वर्षे ति व्यक्तिलाई अदालतले यस्तो अनौठो आदेश दिएसँगे यो समाचार विश्वभर भाइरल बनेको छ ।
अदालतले उक्त आरोपितका गतिबिधीलाई थप जानकारीमा लिन यस्तो आदेश दिएको हो । बेलायतको यार्कका न्यादिशले डिसेम्बरमा उनलाई अन्ररिम सेक्स रिक्स आदेश दिँदै ४ महिनाको समय दिएका छन् । यही आदेशका अनुसार सेक्स रिस्कको दायरामा आउने हरेक व्यक्तिले कुनैपनि सेक्स गतिविधिका बारेमा सम्पूर्ण जानकारी प्रहरीलाई दिनुपर्छ ।
यदी उसले आदेश नमाने ५ वर्ष थप जेल सजाय हुन्छ । यस्ता व्यक्तिले कुनै महिलासँग शारीरिक सम्बन्ध राख्नु पूर्व उसको नाम, उमेर र ठेगाना उल्लेख गर्नुपर्छ । यस्तो व्यक्तिले इन्टरनेट र मोवाइलको प्रयोग पनि प्रहरीकै निगरानीमा सिमित मात्रामा गर्न पाउँछ ।