१४ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो पहिलो खेल न्यूजिल्याण्डसँग खेलिरहेको छ । टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएपछि ब्याट्सम्यानहरु रनका लागि संघर्षरत छन् ।
पछिल्लो स्थितिमा नेपालले चार विकेट गुमाए १२९ रन बनाएको छ । कप्तान राजु रिजाल ४८ रनमा आउट भएका छन् । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए ।
नेपालका प्रारम्भिक जोडी सन्दिप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरे । सुनील १५ तथा सन्दिप ३९ रनमा आउट भएका छन् । तेस्रो नम्बरमा आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोड्न सके ।