भारतको गुजराँतमा बस्ने मनसुख नामका ९० वर्षका वृद्धलाई बुढेशकालमा जोस जागेको छ । केही वर्षयता विदुर जिवन बिताउँदै आएका मनसुखलाई दोश्रो विवाह गर्ने जाँगर चलेको हो ।
बैंकका सेवानिवृत्त कर्मचारी मनसुखकी पत्नीको ३० वर्ष पहिले नै निधन भएको थियो । उनका दुइ छोरा तथा दुइ छोरी छन् । उनी आफ्नी छोरीसँगै छोरीकै फ्लाटमा बस्दै आएका छन् । उनले हरेक महिना भाडाबापत छोरीलाई १७ हजार भारु तिर्ने गरेका छन् भने खाना खुवाएबापत उनले आफ्नै छोरालाई हरेक महिना ६ हजार भारु तिर्ने गर्छन् ।
आफ्ना छोराछोरीले आफुलाई भन्दा पैसालाई धेरै माया गर्ने गरेको अनुभुति उनलाई हुन थालेको छ । छोराछोरीले बुढो कहिले मर्ला भनेर पर्खिरहेको दुखेसो उनी गर्छन् । आफ्नो मृत्युपछि आफ्ना ४ वटै छोराछोरीले आफ्नो सम्पत्ति बाँडीचुँडी खाउन् भन्ने उनको चाहना छ ।
तर आफ्नो बुढेशकालको जिवनलाई सुखद बनाउनका लागि उनी यो उमेरमा समेत विवाह गर्न चाहन्छन् । उनले एक परोपकारी संस्थालाई आफ्नो लागि बेहुली खोजिदिने जिम्मा दिएका छन् । आफुलाई जुनसुकै उमेरकी भएपनि बेहुली चाहिएको मनसुख बताउँछन् । चाहे बेहुली तरुनी होउन्, चाहे बुढी । – एजेन्सीको सहयोगमा