चेल्सीलाई हराउँदै लिसेस्टर पुनः शीर्ष स्थानमा


चेल्सीलाई पराजित गर्दै लिसेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा लिसेस्टरले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदान किङ्ग्स पावर स्टेडियममा भएको खेलमा लिसेस्टरले ३४ औं मिनेटमा भर्डीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवाति तेस्रो मिनेटमा नै रियाद महरेजले गोल गरे ।
चेल्सीका रेमीले ७७ औं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
जितपछि लिसेस्टर शीर्ष स्थानमा फर्किएको छ । उसको १६ खेलबाट ३५ अंक छ ।  दोस्रो स्थानमा आर्सनलको ३३ र तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३२ अंक छ । चेल्सी भने १५ अंकसहित १६ औं स्थानमा छ ।