डिस होमले टिभीबाटै एसएलसीको तयारी कक्षा चलाउने


डिशहोमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।मंसिर २९ गतेदेखि एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्नेछन् ।
एसएलसीमा फेल हुने मध्ये ९० प्रतिशत विद्यार्थि गणित, विज्ञान तथा अंग्रेजीका पाइएकाले यसलाई घटाउन भन्दै डिशहोमले दुर शिक्षा सुरु गर्न लागेको हो ।
तयारी कक्षाहरु सरकारले निर्धारण गरेको कक्षा १० का पाठ्यक्रममा आधारित हुनेछ । दुर शिक्षा प्रविधिमा पढाउने शिक्षकहरु आफ्नो विषयमा दक्ष रहेको डिशहोमको दावी छ ।
हरेक विषयका कक्षाहरु विहान ६ः३० देखि ९ः३० बजेसम्म प्रसारण हुनेछन् । लोडसेडिङ्गलाई मध्यनजर गरेर कक्षाहरुलाई दिउँसो र राति नियमित पूनप्रसारण हुने कम्पनीले जनाएको छ ।
अघिल्ला शैक्षिक सत्रहरुमा पनि डिशहोमले यस्ता कार्यक्रम सञ्चालन गरेको थियो । हजारौं विद्यार्थी तथा अभिभावकहरु आएकाले कक्षा सञ्चालनमा थप प्रोत्साहन मिलेको डिशहोमका नायब महाप्रबन्धक कल्याण अधिकारीले बताए ।
भूकम्प तथा तराइ बन्दक कारण पढाइ प्रभावित भएका बेला दुर शिक्षाले विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
-