‘दिलवाले’ र ‘बाजिराओ मस्तानी’को भिडन्त


दुई ठूला ब्यानरका हिन्दी चलचित्र ‘दिलवाले’ र ‘बाजीराओ मस्तानी’ आजबाट नेपालमा पनि लागेका छन् । भारत लगायतका विश्वका ९६ वटा देशमा ‘दिलवाले’ लागेको छ । नेपाली चलचित्र भने हलमा कुनै पनि लागेका छैनन् ।
रोहित शेट्टी निर्देशित ‘दिलवाले’ र सञ्जयलीला भन्साली निर्देशित ‘बाजिराओ मस्तानी’ प्रदर्शन भएका छन् । मुलकभर रहेका हलमध्ये ६० प्रतिशत बढीमा ‘दिलवाले’ लाग्ने भएको छ ।
नयाँ नेपाली फिल्म नलागे पनि केही हलमा ‘कबड्डी कबड्डी, परदेशी’ लगायतका नेपाली चलचित्र दर्शकले हेर्न पाउने भएका छन् ।
रोहित शेट्टीको निर्देशन रहेको ‘दिलवाले’मा साहरुख खान र काजोलले मुख्य भुमिका निर्वाह गरेका छन् । सञ्जयलीला भन्साली निर्देशित ‘बाजिराओ मस्तानी’मा रणबीर सिंह, दीपिका पादुकोण, प्रियंका चोपडा लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।
भारतमै पनि साहरुखको चलचित्रले धेरै हल पाएको भारतीय समाचार पत्रहरुले जनाएको छ । ‘दिलवाल’ले ६० प्रतिशत हल पाएको छ भने ‘बाजीराओ मस्तानी’ ४० प्रतिशत हलमै सिमित छ ।
तिन स्त्रिmनवाला मल्टिप्लेक्स हलमा हुने १५ सो मध्ये ‘दिलवाले’ले ९ शो पाएको छ भने ‘बाजीराओ मस्तानी’ले ६ शो पाएको छ । पछिल्लो तीन दिनयता साहरुखको चलचित्रलाई हलवालाले विशेष प्राथमिकता दिएका छन् ।
समिक्षकले दुबै चलचिलाई राम्रो भनेका छन् । चर्चित बलिउड समिक्षक तरण आदर्शले ‘दिलवाले’लाई ५ मा ४ र ‘बाजिराओ मस्तानी’लाई ५ मा ५ स्टार दिएका छन् ।