कसरतको अनौठो तरिकाः टाउकोमा ३४ किलो ढुंगा राखेर साइकल यात्रा !


व्यायाम गरेर जिउलाई स्वस्थ राख्ने उपाय अनेकथरिका हुन्छन् । चीनका एक वयस्क पुरुषले दुनियामा सायदै अरु मान्छेले अपनाएको कसरत शैली अपनाउने गरेका छन् ।
५२ वर्षका झांग शुनमूले पछिल्लो १३ वर्षदेखि टाउकोमा बडेमाका ढुंगा राखेर दैनिक १० किलोमिटर सम्म साइकल चलाउने गर्छन् । टाउकोमा ३४ किलो तौलका ढुंगा राखेर दैनिक कसरत गर्ने झांगको यो शैली निकै चर्चित बनिरहेको छ ।
समाचार अनुसार १३ वर्षदेखि उनी हरेक दिन बिहान ४ बजे उठेर आफ्नो टाउकोमा ढुंगा राख्छन् र १० किलोमिटर सम्म साइकल चलाउँछन् ।
सुरुमा टाउकोमा ढुंगा अठ्याउन अलिक गाह्रो भएपनि अहिले चाहीँ बानी परिसकेको उनी बताउँछन् ।
झांग मात्र होइन ५५ वर्षका हुआंग नामका व्यक्तिले कसरतको अर्को रोचक शैली अपनाउने गरेका छन् । आफ्नो पिठ्युँलाई मबजुत गराउने भन्दै उनी झण्डै ५३ किलो तौल भएका जुत्ता लगाएर हिँड्छन् । आधा क्विन्टलका ढुंगाका जुत्ता लगाएर हरेक बिहान उनी हिँड्छन् र यसो गर्दा कम्मर तथा खुट्टा पनि स्वस्स्थ हुने उनको विश्वास छ ।