वैशाख १२ को भूकम्पले धेरै नेपालीको मन हल्लायो, हजारौ मानिसले आफन्त गुमाए, लाखौंले धनसम्पत्ति गुमाए ।यसले नेपालको अर्थतन्त्रमा सिर्जना गरेको झट्का आम नेपालीले अझै बर्षौंसम्म भोगिरहने छौं ।
तर, गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले हामीलाई मात्र हैन, बिश्वलाई हल्लाएको रहेछ भन्ने खुलाएको इन्टरनेट बासर्च इन्जिन गुगलले सन् २०१५ मा इन्टरनेटमा सर्वाधिक खोजी भएका विषयहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेपालको भूकम्प पनि परेको छ ।
गूगलका अनुसार ‘नेपाल अर्थक्वेक’ ८ करोड ५० लाख पटक गूगल गरिएको छ । भूकम्पबारे सवैभन्दा धेरै गुगल गरिएको यो दोस्रो घटना हो । यसअघि जापानमा सन् २०११ मा भूकम्प जाँदा सबैभन्दा बढी गूगल गरिएको थियो ।
भूकम्पपछि विश्वभरबाट ‘म नेपाललाई कसरी सहयोग गर्न सक्छु’ भनेर धेरै पटक गूगल गरिएको छ । नेपालमा कसरी स्वयंसेवा गर्ने, कपडा दिने र कसरी पाल दिने भनेर बिश्वभरका सहयोगी मनहरुले गुगलमा खोजी गरेको पाइएको छ ।
ठाउँको कुरा गर्दा, भूकम्पपछि पोखराबारे धेरैले गूगलमा खोजी गरेका छन् । त्यसपछि मात्र राजधानी काठमाडौंबारे खोजी गरिएको देखिएको छ ।
नेपालमा भूकम्पको झड्का महसुस हुनासाथ कसरी बिश्वभर इन्टरनेटमा तरङ्ग फैलियो भन्नेबारे गुगलले रोचक टाइमलाइनसहितको इन्टरएक्टिभ म्याप बनाएको छ । हेरौं, नेपालमा भूकम्प जानासाथ कहाँकहाँ तरङ्ग पुगेछ ।
दशाह गुगलले ।