थानकोट डिपोमा पेट्रोलको मौज्दात कम भएको भन्दै तत्काल निजी कारलाई तेल दिन नसकिने नेपाल आयल निगमले जनाएको छ ।
मेची, बिराटनगर र नेपालगञ्ज नाकाबाट भित्रिइरहेको तेलको केही परिमाण काठमाडौं ल्याउने क्रम चलिरहेकाले आगामी हप्ता पनि कार/जीपले पेट्रोल नपाउने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
‘अहिले निजीलाई दिन पुग्ने तेल सञ्चय भएको छैन् । केही दिनभित्रै तेलको मौज्दात बढाएर कारलाई पनि व्यवस्थित रुपमा तेल उपलब्ध गराउँछौं’ प्रवक्ता घिमिरेले भने ।
निगगले निजी कारलाई पनि लट नम्बरअनुसार दिन बिराएरै तेल वितरण गर्ने योजना बनाएको छ ।
यसअघि आयल निगमले निजी मोटरसाइकल र स्कुटरलाई तेल वितरण गरिसकेको छ । यसपटक मोटरसाइकलका लागि झण्डै ८ लाख लिटर तेल मोटरसाइकलका लागि वितरण भएको छ ।
यसअघि निजी कार तथा जिपका लागि तिहारलाई लक्षित गर्दै कात्तिक १९, २० र २१ पेट्रोल वितरण भएको थियो ।
निगमले यसअघि मोटरसाइकललाई वितरण गरे लगत्तै कारलाई पनि तेल वितरण गर्ने बताएको थियो ।