Hiro joks

एउटा नेपाली हिरो सुटिङ्ग सिद्धाएर घर फर्कदै रहेछ। रातको १२ बजिसकेको थियो । 

फिल्मको मात्र हिरो साँच्चै चैं एकदम काथ्थर रहेछ । फेरि त्यसको घर मसानघाट बाट जानुपर्ने रहेछ । 
जति जति मसानघाट नजिको आयो त्यसको मनले त्यति नै ढ्याङ्ग्रो ठोक्दो रहेछ। 
मसानघाटको नजिक आएपछि लिफ्ट लिने सोचेछ । परबाट एउट गाडी एकदम स्पिडमा आईराखेको थियो । त्यसलाई रोक्न खोजेछ तर त्यो गाडी नरोकिकन गएछ । 
कुनै पनि गाडी नरोकेपछि 'जुन गाडी आँउछ त्यसलाई रोक्दै नरोकी यसै चढ्छु जे पर्ला पर्ला' भन्ने सोचेछ । भाग्गे ले पनि कस्तो साथ दिएको एउट गाडी अतिनै बिस्तारै आईराखेको रहेछ । 
गाडी नजिक आएपछि मौका हेरेर हत न पत गाडीमा चढेछ र लामो सास फेरेछ । गाडीमा चढेर दंग परेको त यसो अगाडी हेर्छ त ड्राईभर नै छैन । 
ल बब्बाल !!! 
त्यो त डरले झन थुर थुर काम्न थाल्यो । बाहिर जाँउ भने मसानघाटको बाटो गाडीमै बसौं भने ड्राईभर नै छैन, गाडी त यसै चलिरहाछ । जे सुकै होस् भन्ने सोचेर डर 
मानी मानी गाडी मैं बसेछ । 
एकछिनमा पेट्रोल पम्प नजिक आएर गाडी रोकिएछ । त्यसको घर पनि त्यहीं नजिक रहेछ । हत न पत गाडीबाट ओर्लेर यसो पर मात्र के पुगेको थियो त्यो गाडीमा त अर्कै मान्छे चढ्न लागेको देख्यो । त्यसलाई भन्नु पर्यो भन्नि सोचेर 'ए दाई ! ए दाई ! यो गाडी नचढ्नुस् यसमा त ड्राईभर नै छैन यो त आफैं चल्छ ' भनेछ । 
त्यो मान्छेले त्यसलाई एक झ्याप्पड हानेर भनेछ ' पेट्रोल सिध्दकोले दु:ख गरि गरि त्यति टाढा बाट गाडी धकेली धकेली ल्याको त, तँ मेरो गाडीमा पो बसिराखेको थिईस्'....