अस्ट्रेलियामा नेपाली चेलीलाई दोहोरो स्वर्ण


सिड्नी  । अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न अन्त्राष्ट्र्रिय फीटनेश प्रतियोगितामा बिदेशी प्रतिस्प्रर्धीहरुलाई पछार्दै नेपाली खेलाडी प्रकृती श्रेष्ठले दोहोरो स्वर्ण पदक जितेकी छिन । सीड्नीमा एक दशक अघि उच्च अध्यनमा आएकी नेपाली चेली प्रकृतीले फिजिकल फिटनेशको अन्तराष्ट्र्रिय प्रतियोगितामा दुर्इ स्वर्ण पदक जितेर नेपालको प्रतिष्ठा उचो पारेकी छिन ।
अस्ट्रेलियाको मेलवर्नमा सन्चालित आएनबीए राइजिङ स्टार एन्ड रोक्की अफ दी इयर नामक फीटनेश प्रतियोगितामा प्रकृती श्रेष्ठले सो सफलता हात पारेकी हुन । सीड्नीमा बसोबास गर्दै आएरहेकी प्रकृतीले अर्का नेपाली मुलका बडिबील्डर सन्तोष श्रेष्ठको प्रशिक्षणमा सहभागिता जनाएकी थिइन ।
 अस्ट्रेलियामा एक दशकदेखि आइटी क्षेत्रमा कार्यरत प्रकृती श्रेष्ठले अठोट साथमा भयो भने सफलता खोज्न जानु नपर्ने बताइन । सपरिवार सीडनीमा बसोबास गर्दै आएकी प्रकृतीको यो पहिलो अन्त्राष्ट्रिय सहभागिता हो । फीटनेश क्षेत्रमा नेपाली मुलका महिलाहरुको सहभागिता नगन्य रहेको अवस्थामा प्रकृतीको यो सफलताले धेरै नेपालीलाई फीटनेशप्रती आकर्षित गराउने कुरा एनआरएन अस्ट्रेलियाका खेलकुद बिभाग प्रमुख नन्द गुरुङ बताउछन ।