design
Entertainment
Game
Health Care
Horoscope
jokes
Map
News
photo
Question
Video
एड्सबारे चेतना फैलाउँदै ताइवान पुगे विश्व साइकलयात्री नेपाली
मानिस जाँच्न छाडेर विश्व साइकल यात्रामा मलेसियामा रहेका डा. अमृत बरालले आफ्नो परिचय डाक्टरबाट शुरु गर्दा केहि मानिसहरुले भनेका कुरा उनी मन्द मुस्कानका साथ सुनाउँछन् ।
करीब दुई हप्ताको मलेसिया भ्रमणपछि सहकर्मी विश्व साइकल यात्रीहरु शंकर पौडेल र अजित बराल बिहीबार मलेसियाबाट ताइवान प्रस्थान गरेका छन् । उनीहरु तीनै जना पोखरामा रहेको दिर्घायू नेपाल नामक संस्थाका पदाधिकारीहरु समेत हुन् ।
विश्व संरक्षणको लागि वातावरणको संरक्षण र एचआइभी एड्सविरुद्ध जनचेतना भन्ने नारा लिएर सात महिना अगाडि नेपाल छाडेका उनीहरुको मलेसिया बाह्रौं मुलुक हो । पाचँ वर्षमा विश्वका सय राष्ट्रमा पुग्ने लक्ष्यका साथ हिँडिरहेका उनीहरुले मलेसियाको सरकारी टेलिभिजन वर्नामा तथा अन्य पत्रपत्रिकाहरुमा स्थान समेत पाए । अनलाइनखबरसँगको कुराकानीमा डा. बरालले भने, ‘यो मेरो लागि रिसर्च पनि हो । बिभिन्न देशमा जाँदा त्यहाँ एचआइभीलाई हेरिने दृष्टिकोण, उनीहरुले भोगिरहेको अबस्थाको बारेमा अध्ययन गर्न पाएका छौं ।
यात्राको क्रममा कतै सहज र कतै असहज हुने गरेको तीतो अनुभबसमेत उनीहरुसँग छ । हालसम्म घुमेका मुलुकमा भियतनाममा नेपाली नभेटिएको समेत उनीहरुले सुनाए । ‘जता हेरे पनि भियतनामी अक्षरहरु मात्र देखिने । अंग्रेजी अक्षरहरु उनीहरु कमै प्रयोग गर्दा रहेछन् । त्यहाँ हामीलाई पनि समस्या भयो,’ उनीहरुले भने ।
विदेशमा बस्ने नेपालीहरुले नेपाललाई असाध्यै मायाँ गर्ने गरेको उनीहरु बताउँछन् । अझ म्यानमारमा रहेका नेपालीहरुको नेपालप्रतिको माया झन् कति रहेछ भन्ने कुरा कल्पनासमेत गर्न नसक्ने डा. बरालले भने । ‘हाम्रो पुस्तासम्मले त नेपाली बुझेका छौं । आफ्नो पुस्तापछि नेपाली भाषा नै हराउने होकि भन्ने चिन्ता रहेछ उहाँहरुलाई,’ उनले भने ।
हरेक राष्ट्रमा रहेको द्रतावास एनआरएनए तथा विभिन्न संघ संस्थासँग समन्वय गर्दै अघि बढीरहेको उनीहरुले बताए । अहिलेसम्म कसैसँग आर्थिक सहयोग पनि नमागेको उनले बताए । स्वतस्फूर्त सहयोग गरेकाहरुलाई उनले धन्यवादसमेत दिए । कतिपय ठाउँमा आश्वासनले गर्दा धेरै दुःख पाएको उनले सु्नाए ।
यात्राको समाप्तीपछि पुस्तक तयार गर्नेसमेत उनले प्रतिवद्धता जनाए ।
Newer Post
Older Post
Home