साहरुख खान बलिउडका मात्र होइनन्, विश्वकै दोश्रा धनी कलाकार हुन् । उनीसँग करिब ३६ अर्ब सम्पत्ती छ । सम्पत्तीका समेत राजा रहेका खानले पनि किन्न नसक्ने यो विश्वका केही बस्तु रहेछन् ।

साहरुखलाई फ्यानले उनलाई किन्न मन लागेर पनि नसकेको कुरा के हो भनेर प्रश्न सोधेका थिए । सोही प्रश्नमा उनले आफूलाई एउटा जहाज खरिद गर्न मन लागेको तर सबै रकम चलचित्र निर्माणमा लगाउने भएकाले पनि किन्ने पैसा नभएको उल्लेख गरेका हुन् । आफ्नै जहाज भएको खण्डमा आफ्नो काममा अझ तिव्रता आउने साहरुखको कथन छ ।
साहरुख अहिले चार्टर बिमानमा यात्रा गर्दै आएका छन् । बलिउडमा अमिताभ बच्चन आफ्नै जहाजमा यात्रा गर्छन् ।