चलचित्र प्रदर्शनको समयमा विभिन्न हतकण्डा अपनाउन सिपालु छिन्, कलाकार शुभेच्छा थापा । शुभेच्छाले चलचित्र ‘मिस नेपाल’को प्रदर्शनको समयमा माछाले आफ्नो बक्षस्थल छोपेर चर्चा पाएकी थिइन् । पछि, उनले गल्ती गरेको भन्दै माफी पनि मागेकी थिइन् ।
तर, शुभेच्छाको माफीको अर्थ देखिएको छैन । उनले फेरि अर्को एक चलचित्रको प्रचारका लागि यस्तै उत्तेजक फोटो खिचाएकी छिन् । माघ २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बिन्दास ३’का लागि उनले बाैद्द धर्मालम्बीले प्रयोग गर्ने पबित्र ‘खादा’ले आफ्नो गोप्य अंग छोपेर तस्बिर खिचाएकी छिन् ।
चलचित्रको पोष्टरका लागि भन्दै खिचाइएको तस्बिरमा उनले आफ्नो गोप्य अंगमा खादाले मात्र छेकेकी छिन् । खादालार्इ नै उनले मिनीस्कर्ट र ब्रा बनाएकी छिन् । शुभेच्छा चलचित्रमा पनि हट अवतारमा देखिएकी छिन् ।
खादा बाैद्द धर्मालम्बीहरूको पबित्र वस्तु हो जुन भगवानलार्इ चढाउन र मान्यजनलार्इ स्वागत गर्न पवित्र वस्तुको रूपमा प्रयोग गरिन्छ । खादामा बिभिन्न मन्त्रहरूसमेत लेखिएको हुन्छ ।
कुनै धर्मालम्बीको पवित्र बस्तुलार्इ उनले लाज ढाक्ने बस्तु बनाउँदा अालोचना हुनसक्ने खतरा र फेरी माफि माग्नुपर्ने सम्भावनालार्इ भने उनले ख्याल गरेको देखिएन्