स्विडेनकी इजा रिटा नामकी युवती जर्मनीको बर्लिन पर्खालसँग प्रेममा परिन् । चर्चित बर्लिनको पर्खाललाई पहिलोपटक टेलिभिजनमा देख्दा उनी ७ वर्षकी थिइन् । त्यसबेला देखि नै उनले बर्लिन पर्खालका तस्वीर जम्मा गर्न थालिन् ।
जब उनी उक्त पर्खाललाई छैटौँ पटक हेर्न गइन् तब त्यस अबसरमा उनले केही पाहुनाहरुको साथमा बर्लिन पर्खालसँग बिहे नै गरिन् । उनले बर्लिन पर्खाललाई आफ्नो पति बनाएपछि आफ्नो नामका अगाडि बर्लिनर मौअर पनि थपिन् । जसको अर्थ हुन्छ, बर्लिन पर्खाल । सन् १९८९ मा बर्लिन पर्खाल ढाल्दा उनी निकै मर्माहत बनिन्, वियोगको पीडाले पिरोलिइन् ।
उता एडवर्ड स्मिथ नामका पुरुष मेसिनहरुप्रति शारीरिक रुपमा आकषिर्त हुन्छन् । पछिल्लो ४५ वर्षमा उनले १ सयवटा कारसँग सम्भोग गरिसकेका छन् । अहिले उनी आफ्नो सबैभन्दा प्रिय भ्यानिला कारसँगै बस्दै आएका छन् ।


अमेरिकाका डुआविड हकेनहेगुआडोल नामका व्यक्तिले गुडियासँग बिहे गरेर र गुडियाको नाम राखे क्लाारा । उनी क्लारासँगै पतिपत्नीको सम्बन्धमा छन् र जहाँ जाँदा पनि सँगै लिएर घुम्छन् ।
दक्षिण कोरियाका ली जिन ग्यूको भने एउटा सिरानीसँग यति गहिरो माया बस्यो की उनले सिरानीसँग बिहे नै गरे । उनले सन् २०१० मा उक्त सिरानीलाई भव्य समारोहबीच बिहे गरेर आफ्नी पत्नी बनाए । अहिले उनले उक्त सिरानीलाई जहाँ जाँदा पनि सँगै लिएर जान्छन् र खुब जतन र प्रेम गर्छन् ।