कट्रिनासँगको ब्रेकअपमा रणवीरलाई २१ करोड घाटा

मुम्बई । कट्रिना कैफसँगको ब्रेकअप रणवीर कपुरका लागि महंगो सावित भएको छ । भारतीय मिडियाले उल्लेख गरेअनुसार रणवीरलाई ब्रेकअपका कारण २१ करोड घाटा लागेको छ ।
कट्रिनानासँग बस्न रणवीरले २१ करोड रुपैयाँ डिपोजिट गरेर कार्टर रोडस्थित सिल्भर स्याण्ड अपार्टमेन्टमा एउटा पेन्ट हाउस भाडामा लिएका थिए ।
मासिक १५ लाख भाडा तिर्नेगरी उनीहरु सो फ्लाटमा बसेका थिए । ६ महिना उनीहरु सोही फल्याटमा सँगै बसे पनि । केही दिनअघि रणबीरले अचानक फ्ल्याट छोडेका थिए भने कट्रिना पनि पुरानै बासस्थानमा फर्किएकी छिन् ।
सम्झौता अवधि सकिनुभन्दा पहिल्यै घर छाडेपछि उनले जम्मा गरेको धरौटी फिर्ता नपाउने भएका हुन् ।
ब्रेकअप भएको विषयमा उनीहरुवाट औपचारिक प्रतिक्रिया आएको छैन । अहिले उनीहरु अनुराग बसुको ‘जग्गा जासुस’ को सुटिङमा छन् । तर, राम्रोसँग बोलचाल हुन छाडेको फिल्ममा काम गर्ने प्राविधिकहरु बताउँछन् ।