[दीपिकाले भनिन् म त सामान्य केटी]

मुम्बई । स्टारमा रुपमा स्थापित भईसकेपछि कलाकारको जीबनशैलि सहज हुदैन । हरेक कार्यक्रममा जाँदा दर्शकवाट घेरिनु सामान्यजस्तै हुन्छ भने, कार्यक्रममा जाँदा लगाउनको पोशाक र आफुले दिने अभिब्यक्तिवारे पनि उत्तिकै सजग हुनुपर्छ ।
आफुलाई मन परेको ठाउामा कतै घुम्न जान मन लाग्यो भने पनि सहजै जान पाउदैन् । अविबाहित कलाकारले विपरित लिंगीको साथमा हिंडडुल गरे भने मिडियामा ठूलै गसिपको विषय बनिहाल्छ ।
धेरै पटक दीपिका पनि यस्तै काण्डमा गसिपको विषय बनेकी छिन् । तर, पनि यस्ता घटनाले आफुलाई कुनै फरक नपार्ने बताएकी छिन् ‘म स्टार भएा तर मेरो केही बद्लिएको छैन । अहिले पनि म सामान्य केटी हुा ।’
आफुले अतितका कतिपय कुराहरु बिर्सदै जाने गरेको बताईन् । ‘जे काम गर्दा मेरो जीबन सार्थक हुन्छ त्यहि काम गरेर म अगाडी बढ्छु ।’ उनले भनिन् । कहिले काँही आफ्नो जीवन जटिल भएको अनुभव गरेकी दीपिकाले अहिले सहज जीवन यापन शैलि अपनाउने गरेको धारणा राखिन् ।
आफुलाई मन परेको ठाउा जान र मन परेको कुरा गर्न कुनै अप्ठयारो नभएको उनको भनाई छ ।