राजधानीको मुटुमा प्रताप मल्लका पालामा खनिएको ऐतिहासिक रानीपोखरीको मुहार अब परिवर्तन हुने भएको छ । रानीपोखरीलाई ‘म्युजिकल वाटर फाउन्टेन’ पार्कमा परिणत गरिने भएको छ ।
राजधानीमा घुम्न जाने महत्वपूर्ण ठाउँको अभाव हटाउन महानगरपालिकाले रानीपोखरीलाई पार्कमा परिणत गर्न लागेको छ । विदेशको झल्को मेटाउने गरी बनाउन लागिएको पार्क आगामी तिहारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजकहरु बताउँछन् ।
रानीपोखरीमा रंगीन ‘वाटर फाउन्टेन’ तयार भइसकेको छ । छेउमा बस्नका लागि पार्क निर्माण कार्य चाँडै सुरु हुने महानगरका पब्लिक वर्क कन्सट्रक्सन प्रमुख डा. उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।
‘पार्कको डिजाइन तयार भइसकेको छ, पुरातत्व विभागले स्वीकृति दिने वित्तिकै काम अगाडि बढिहाल्छ’ रेग्मीले अनलाइनखबरसँग भने- ‘एक महिनाभित्र टेन्डर आहृवान गरी कामको जिम्मा लगाउँछौं ।’