लण्डन । लण्डनमा ल्याण्ड रोभरको दुइ मिलियन्स सिरिज ‘डिफेन्डर’ कार करिब साढे ६ करोड लिलामी बिक्री भएको छ । लण्डनको न्यु बोन्ड स्ट्रीट स्थित बोनह्याम्समा बुधबार साँझ भएको भएको च्यारिटी लिलामीमा सो कार बिक्री भएको हो । यो ल्याण्डरोभरकै इतिहासमा बढी मुल्यमा बिक्री भएको कार हो ।
२० हजारबाट सुरु भएको कारको लिलामीको अन्त्यमा एक बेक्तिले कतारबाट टेलिफोनबाटै बोल कबोल गरेका थिए । खरिद कर्ताको परिचय भने खुलाईएको छैन । यद्यपी लिलामीबाट उठेको रकम नेपालको सामुदायिक परियोजनाका लागि रेड क्रसलाइ र केन्याको बोन्ड फ्री फाउन्डेसनलाई आधा आधा प्रदान गरिनेछ ।
ब्रिटिश रेडक्रसका कार्यकारी प्रमुख माइक अडामसन्ले यो सहयोगले दक्षिण-पूर्बी नेपाली समुदाएको जीवनस्तर उकास्ने भन्दै ल्याण्ड रोभर कम्पनीलाई धन्यवाद दिए ।
लिलामी समारोहमा बोन्ड फ्री फाउन्डेसनको संरक्षिका रहेकी गोर्खा आन्दोलनकी अभियन्ता तथा चर्चित बेलायती अभिनेत्री जोआना लुम्लेसहित बेलायती मिडियाका व्यक्तिहरु र ल्याण्ड रोभरका उच्च तहका अधिकारीहरु सहभागी थिए ।
ल्याण्ड रोभरको दुइ मिलियन्स सिरिज ‘डिफेन्डर’ कार सन् १९४८ देखि कम्पनीको सोलुहल कारखानामा बनेको हो । कम्पनीको ३३ जना ब्रान्ड एम्बासडरहरु र ल्याण्ड रोभरका संस्थापकका पुत्रहरू स्टेफेन र निकले बनाएको यो कार अत्याधुनिक सुबिधाहरु छन् ।