कतारमा मृत्यु भएकी सिन्धुपाल्चोककी घलेको परिवारलाई आर्थिक सहयोग


दोहा । कतारको एक क्लिनिङ कम्पनिमा काम गर्दागर्दै मृत्यु भएकी सिन्धुपाल्चोककी माया घलेको परिवारलाई कतारमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
विगत २ बर्षदेखि कतारको एक किलिनिङ कम्पनीमा कार्यरत सिन्धुपाल्चोककी माया घलेको गत १० नोभेम्बरमा विहान ८ बजेतिर मृत्यु भएको थियो ।
उनको नाजुक पारिवारीक अवस्थालाई मध्यनजर गर्दै कतारको सोही कम्पनीमा कार्यरत ईलाम सेवा समाजकी उपाध्यक्ष रेनुका चम्लागाईको पहलमा माया घलेको परिवारलाई १ लाख ३७ हजार ५ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरिएको हो । कतारका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट संकलित रकम मृतक घलेका बुबा तिलकबहादुर घलेको नाममा पठाइएको हो ।
घलेको परिवारको सहयोग अभियानमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै कतारका समाजसेवीहरुको रोहवरमा नेपालमा पैसा पठाएको रनुकाले जानकारी दिएकी छन् ।
मायाको शव २० दिन अगाडि नेपाल पठाइसकिएको छ । बैशाखमा गएको महाभूकम्पमा परि माया घलेकी बहिनीको समेत मृत्यु भएको थियो । अहिले उनको घरमा बुवा-आमा, बहिनी र भाइ गरी छन् ।