आफ्नै छोराको बच्चाकी आमा बन्न चाहन्छिन् यी महिला

दुनियामा आमा र छोराबीचको नाता सम्बन्धलाई सबैभन्दा पवित्र मानिन्छ । तर संयुक्त राज्य अमेरिकाको मिचिगनमा भने एउटा यस्तो घटना सार्वजनिक भएको छ सुन्दैमा जो कोही हैरान हुन्छ ।
त्यहाँकी ५१ वर्षकी एक महिलाले आफ्नै छोरासँगको यौनसम्बन्धबाट बच्चा जन्माउने तयारी गरेकी छिन् ।
आफ्नो ३२ वर्षको छोरासँग लिभ इन रिलेसनसीप अर्थात् सहवासमा रहेकी ती महिला  बच्चा जन्माउने योजनामा छिन् र आफ्नो छोरासँगको सम्बन्धलाई जायज तथा पवित्र दाबी गरिरहेकी छिन् ।
मिचिगनकी किम वेस्ट नामकी ती महिलाले झण्डै ३० वर्ष पहिले आफ्नो एक बच्चा कुनै एक दम्पत्तिलाई पाल्न दिएकी थिइन् । उक्त बच्चाको नाम बेन फोर्ड हो । उमेर पुगेसँगै बेनले भिक्टोरिया नामकी युवतीसँग बिहे गरे । बिहेको समयमा बेन आफ्नी आमा किमको खोजीमा थिए । आमाको बारेमा जानकारी पाउने बित्तिकै उनले आमालाई एउटा चिठी लेखे ।
चिठी पाउने बित्तिकै बेनले आफुले जन्म दिएको छोरा बेनसँग भेट्ने निधो गरिन् । दुबैजना एक होटेलमा भेटे । त्यहाँ दुबैजनाले रक्सी पिए । रक्सीको नशामा बेहोसी बनेर उनीहरुले एक आपसमा चुम्बन गर्न लागे र पछि मन थाम्न नसकेर सम्भोग गरे ।
त्यसरी एक आपसमा यौन सम्पर्क कायम भैसकेपछि उनीहरुले त्यसलाई अविश्वसनीय भन्दै अब जिन्दगीभर सँगै बस्ने फैसला गरे । आफ्नै आमासँग यौन सम्पर्क भएपछि बेनले आफ्नी पत्नीलाई छोडिदिए ।
त्यसपछि ती आमाछोरा दम्पत्तिको रुपमा सँगै बस्न थालेका छन् । दुनियाको नजरमा आफुहरुको सम्बन्ध घिनलाग्दो अपराध भएपनि आफुहरुले भने अन्तरआत्माले अह्राए बमोजिम सम्बन्ध कायम गरेको र आफुहरुको सम्बन्ध जायज भएको किम बताउँछिन् । आफुहरु छिटै बच्चा जन्माउने सोँचाइमा रहेको उनको भनाई छ ।