करोडपतिको विजोग: श्रीमतीको डरले पाँच महिनासम्म बगैचामा बास

धिक्कार छ त्यो जुनिलाई । आखिर सम्पत्तिले के गर्यो ? त्यो आलिशान महलले के गर्यो ? आफ्नै श्रीमतीको डरले घरभित्र छिर्न नपाई थुरुथुरु काँप्दै घरबाहिर बगैँचामा महिनौँ बिताउनु परेपछि के हविगत होला ?
अमेरिकामा एक करोडपतिको यस्तै  हालत भएको छ । टेक्सासस्थित लेकभिल्लेमा आलिशान बंगला तथा करोडौँको सम्पत्तिका मालिकले आफ्नै श्रीमतीको डरका कारण आफ्नो बंगला बाहिर बगैँचामा पाँच महिनासम्म बास बस्नु परेको छ ।
शराफत खान नामका यी पत्नी पीडित अभागीलाई अदालतले पनि न्याय दिएन । अदालतले उक्त घर उनकै श्रीमतीको भएको फैसला गर्दै घर खाली गरिदिन शराफतका नाममा आदेश दियो ।
त्यसभन्दा पहिले शराफत आफ्नो घर बाहिरै पाँच महिनासम्म बसे । त्यसरी बाहिरै बस्दाखेरि उनका केवल एक सेट कपडा तथा एकजोर जुत्ता मात्र थिए । लोग्ने घरभित्र छिर्ला भनेर उनकी पत्नीले घरका सबै झ्यालढोका बन्द गरेकी थिइन् ।
निकै कडा स्वभावकी शराफत पत्नीले एक दिन झगडा भएपछि लोग्नेलाई घर बाहिर निकालेर ढोका लगाइदिइन् । त्यसपछि उनलाई घर भित्र छिर्नै दिइनन् । छिमेकीले शराफतलाई सहयोग गरे र खानेकुरा तथा आवश्यक पर्दा औषधि पनि दिए ।
शराफतको ३० वर्षको छोरा पनि आमाकै पक्ष लिएर बाउलाई घरनिकाला गर्ने काममा सहयोगी बन्यो ।  बाउ सराफतले आमालाई यसअघि पटक पटक कुटपिट गर्ने गरेको हुँदा आफुहरुले असह्य भएर त्यस्तो गरेको छोरा जेनको दाबी छ ।
६१ वर्षीया शराफत पेशाले डाक्टर हुन् ।
श्रीमतीले घर निकाला गरेपछि उनले अदालतमा डिभोर्सको मुद्दा हालेर आफ्नो सम्पत्ति दिलाइदिन माग गरे । तर अदालतले सम्बन्ध विच्छेद हुने ठहर्दै घर तथा सम्पत्ति भने शराफतकी श्रीमतीकै हुने फैसला गर्यो । साथै उनलाई घरभित्र छिर्ने त परको कुरा बगैँचाबाट समेत तत्कालै निस्किएर जान आदेश दियो ।