सिंहदरबारका १५० कुकुर व्यवस्थापन गर्न तीन करोड ५० लाख खर्च लाग्ने


कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सहभागिता रहनेछ । अभियानका लागि झन्डै तीन करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरको बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररूपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने बताइएको छ । घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ । तथ्याङ्क लिने क्रममा रेबिज रोग लागेको नलागेको र अन्य रोगसमेत छ छन् भन्ने कुरा पनि समावेश गरिने बताइएको छ ।