साहरुख-आमिर अब डराउलान्, तर म डराउँदिनः सोनम कपुर

बलिउड नायिका सोनम कपुरले भारतमा कुनै कुरा बोल्दा त्यसमाथि गर्नुपरेको सामानाको बिषयमा कडा प्रतिक्रिया दिएकी छिन् ।
बलिउडका चर्चित २ नायक साहरुख खान र आमिर खानले असहिष्णुताको बिषयमा दिएको अभिव्यक्तिले तिब्र आलोचना भैरहँदा सोनमको यस्तो भनाई सार्वजनिक भएको हो ।
उनले भनिन्-‘साहरुख र आमिरलाई आफ्नो भनाइपछि जुन खालका नकारात्मक प्रतिक्रिया मिलेका छन् । यसले अब उनीहरु कुनै पनि बिषयमा बोल्ड डराउँनेछन् ।’
उनले हरेक मानिसमा बोल्ने अधिकार भएको समेत बताइन् । सोनमले साहरुख र आमिरमाथि आएको नकारात्मक प्रतिक्रियालाई उनले डरलाग्दो भनेकी छिन् ।
आफ्नो नयाँ चलचित्र ‘निरजा’को प्रमोशनमा व्यस्त सोनमले भनिन्-‘यस्ता कुरा मैले पनि भोगिसकेकी छु । तर, यदि मलाई बोल्ने मौका मिल्छ र मानिस मेरा कुरा सुन्छन् भने म बोलिरहनेछु, चाहे जेसुकै होस् ।’