पेट्रोल ल्याएको भन्दै आन्दोलनकारीले युवकलाई जिउँदै जलाए


१० मंसिर, विराटनगर मधेसी मोर्चाका कार्याकर्ताले मोरङको भातिगछ- मा एक व्यक्तिलाई पेट्रोल खन्याएर जिउँदै जलाउने प्रयास गरेका छन्
मोर्चाका कार्यकर्ताले भातिगछ- का २८ वर्षीय बब्लु राजवंशीले भारतीय बजारबाट ल्याएको पेट्रोल उनकै शरिरमा खन्याइदिएर आगो लगाइदिएका हुन्
उनको शरीरको आधा भाग जलेको उनको छाती खुट्टामा जलेको विराटनगरस्थित कोशी अञ्चल अस्पताल प्राथमिक उपचार गरेर उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको
राजवर्शी सिमावर्ती भारतमा किनेको १५ लिटर पेट्रोल जर्किनमा राखेर उनी मोरङको खोर्साने तर्फ जाँदै थिए बन्दकर्ताले भातिगाछ मा राजवंशीलाई रोकेर पेट्रोल खोसे शरीरमा खन्याइदिएर आगो लगाइदिएबब्लुका भाइ रञ्जितकुमार राजवंशीले भने
रन्जितका अनुसार उनीहरुको आफन्तको खोर्सानेमा रहेको मोटरसाइकल ग्यारेजका लागि उनले को २४५० नम्वरको मोटरसाइकलमा पेट्रोल राखी लैजाँदै थिए  मोर्चामा आवद्ध स्थानीय अजय सिंह, जुगेश्वर मुखिया जितेन्द्र मुखियाले बन्दमा पेट्रोल लान पाइँदैन भन्दै रोकेपछि केहीबेर विवाद भएको थियो
मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले घटनामा अजय सिंह, जुगेश्वर मुखिया जितेन्द्र मुखिया संलग्न रहेको जानकारी दिए
उनीहरु फरार छन् फरार भएका तीनै जनाको खोजी कार्य तिव्र बनाइएको उनले जानकारी दिए
मधेसी मोर्चाले भने स्थानीय युवाहरुको बीचमा भएको झगडा भएको बताएको मोर्चामा आवद्ध सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने-‘घटनाबारे हामीले अन्तरिक अनुसन्धान गरिरहेका छौं
यस्ता घटनाले मधेसी मोर्चाको आन्दोलनलाई बदनाम गराउने भन्दै घटनामा संलग्नहरुलाई पक्राउ गरेर प्रहरीलाई बुझाउन आग्रह गरेको बताएको